काठमाडौँ । राष्ट्रपतिभवनमा मंगलबार नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् ।

सो भेटमा उनीहरुबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकामा राष्ट्रपति पौडेलले धन्यवाद दिएका थिए ।