काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन भन्दै मंगलबार सिंहदरबारको गेटमा पुगेका गरिखान देऊ अभियानका संयोजक ‘जेनजी’ मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।
हाम्रो टिम प्रधानमन्त्री कार्यालय जाँदै गर्दा प्रहरीले गेटमै के कारणले रोकेर फर्काएको हो आफूलाइृ थाहा नभएको ढुंगाना समूहले बताए । ढुंगानाको टिम सोमबार पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भन्दै सिंहदरबार पुगेको थियो । तर उनीहरुले प्रधानमन्त्रीसित भेट गर्न पाएनन् ।
निषेधित क्षेत्रमा पाँचजनाभन्दा बढी मानिस जम्मा भएपछि सोहीअनुसार हटाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले बताए ।