काठमाडौं । शाओमीको नयाँ शाओमी १५टीले नेपालका स्मार्टफोन प्रयोगकर्तालाई व्यावहारिक र मूल्यअनुरूपको नयाँ विकल्प दिएको छ । लाइकासँग सहकार्य गरेर तयार गरिएको क्यामेरा तथा प्रिमियम हार्डवेयरका कारण यो उत्कृष्ट छ ।
कम्पनीका अनुसार शाओमी १५टी को सबैभन्दा उल्लेखनीय विशेषता यसको बहुपयोगी क्यामेरा सेटअप हो, यसले दैनिक जीवनका तस्बिरहरू राम्रो गुणस्तरका साथ खिच्न सक्छ । ५० मेगापिक्सेलको मुख्य क्यामेरामा ओमनी भिजन लाइट फ्युजन ८०० सेन्सर र आईओएस (अप्टिकल इमेज स्टेबलाइजेसन) प्रयोग गरिएको छ । यसले एफ/१.७ लेन्समार्फत स्पष्ट र जीवन्त तस्बिर खिच्न मद्दत गर्छ । लाइका क्यामेराका कलर प्रोफाइल र इफेक्टले तस्विरमा प्राकृतिक र प्रिमियम अनुभूति थप्नेछ । दैनिक फोटो खिच्ने प्रयोगकर्ताका लागि यो सेटअप पर्याप्त र शक्तिशाली छ ।
शाओमी १५टी मा १२ जिबी एलपीडीडीआर ५एक्स ¥याम र ५१२ जीबी यूएफएस ४.१ स्टोरेज छ, जुन स्मार्टफोनका लागि अत्याधुनिक मेमोरी प्रविधि हो । १२ जीबी एलपीडीडीआर ५एक्स ¥यामले स्मूथ मल्टिटास्किङ सुनिश्चित गर्छ, जसले धेरै एप्स एकसाथ चलाउँदा पनि स्लो हुँदैन । यसले गेम खेल्दा वा एप्स छिटो सर्ने अवस्थामा राम्रो पावर एफिसिएन्सीसहित छिटो डेटा गति पनि दिन्छ । ५१२ जिबी यूएफएस ४.१ स्टोरेजले यूएफएस ४.० भन्दा ५० प्रतिशत छिटो एप स्थापना, छिटो फाइल ट्रान्सफर र सिस्टम प्रतिक्रिया सुनिश्चित गर्ने जनाइएको छ । यसमा हजारौँ तस्बिर, फोरके भिडियो, ठूला गेम फाइलहरू र थुप्रै एप्स अटनसक्ने स्टोरेज क्षमता छ । शाओमी १५टी मा भएको ५१२ जिबी सबैजसो प्रयोगकर्ताका लागि पर्याप्त हुन्छ । यस संयोजनले गेमिङ, फोटोग्राफी र दैनिक कामहरूमा उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ ।
कम्पनीका अनुसार यो फोन प्लास्टिक फ्रेममा डिजाइन गरिएको छ, जसको वजन केवल १९४ ग्राम रहेको छ त्यसैले लामो समयसम्म गेम खेल्दा पनि उपकरणलाई चिसो राख्न मद्दत गर्छ । आईपी ६८ प्रमाणपत्रले यसलाई पानी र धुलो प्रतिरोधी बनाउँछ भने डिस्प्लेमा कर्निङ गोरिल्ला सेभेन आईले दैनिक प्रयोगका लागि टिकाउपन सुनिश्चित गर्छ । खरिदकर्ताले कालो, खैरो र रोज गोल्ड रंग विकल्पहरू छान्न सक्छन्, सबैमा आकर्षक मेटालिक फिनिस छ । शाओमी १५टी मा ६.८३ इन्चको ओएलईडी स्क्रिन छ । यसको स्क्रिन १.५ के रेसोलुसनको स्क्रिनले तस्बिर र भिडियो क्लियर देखिन्छन् । साथै १२० हर्ज रिफ्रेस रेट भएकोले फोन चलाउँदा, स्क्रोल गर्दा वा गेम खेल्दा, सबै सबै फिचरहरू सहज र सुविधाजनक हुन्छ । स्क्रिनको उज्यालोपन ३,२०० निट्ससम्म पुग्न सक्छ । यसमा एचडीआर १० प्लस र डोल्बी विसन सपोर्ट पनि छ । यसको स्क्रिनमा पी दब्ल्यु एम डिमिङ टेक्नोलोजी भएकोले कम उज्यालोपनमा स्क्रिनको फ्लिकर (झिलमिल)ले आँखामा खासै असर पर्न दिँदैन ।
५,५०० एमएएचको ठूलो ब्याट्रीले मध्यमदेखि भारी प्रयोगमा पनि पूरा दिन सजिलै चल्छ र कम प्रयोग गर्नेले एउटै चार्जमा दुई दिनसम्म पनि चलाउन सक्छ । ६७ वाट तारको चार्जिङ प्रयोग गर्दा, दिइएको ६७ वाट पावर एडप्टरले करिब ५० मिनेटमा शतप्रतिशत चार्ज हुन्छ । यसमा वायरलेस चार्जिङ नभए पनि चार्ज गर्न सजिलो छ । शाओमी १५टीमा पूर्ण कनेक्टिविटी विकल्पहरू छन्, जसमध्ये डुअल सिम (नानो), वाईफाई सिक्सई (डुअल–ब्यान्ड), ब्लुटुथ ६.० र पूर्ण पोजिसनिङ सिस्टम समावेश छन् । यसमा यूएसवी सी सपोर्ट, एनएफसी (कन्ट्याक्टलेस भुक्तानीका लागि) र फोजी एलटिई तथा फाईभजी नेटवर्क सपोर्ट छ ।
फोनमा सजिलो पहुँचका लागि अप्टिकल इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र फेस अनलक सुविधा छन् । साथै, यसमा पूर्ण सेन्सर सेट पनि छ । एक्सेलेरोमिटर, एम्बियेन्ट लाइट, कलर टेम्प्रेचर, ई–कम्पास, फ्लिकर सेन्सर, जाइरोस्कोप, आईआर ब्लास्टर र प्रोक्सिमिटी सेन्सर रहेको छ । १२जिबी÷५१२जिबी स्टोरेज भेरियन्टको मूल्य ६४ हजार ९९९ रुपैयाँ रहेको छ ।