काठमाडौ । सामसङ नेपालले वीन्टर अफर सार्वजानिक गरेको छ । कम्पनीले जाडो महिनालाई सहज र आरामदायक बनाउनका लागि वार्म वीन्टर अफरको घोषणा गरेको हो ।
कम्पनीको अनुसार यो अफर जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ । अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ । ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट लोड वासिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन् । त्यसैगरी, सिंगल डोर, ड्वल डोर सामसङ रेफ्रिजरेटरमा अधिकतम १७ प्रतिशत क्यासब्याक उपलब्ध छ । सामसङ वासिङ मेसिन र रेफ्रिजरेटरले डीआईटी मोटरमा २० वर्षको वारेन्टीमार्फत दीर्घायु सुनिश्चित गर्नेछ भने सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ । साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायन्स शून्य प्रतिशत ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्नेछन् ।