काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको आन्तरिक कारोबार प्रणालीसम्बन्धी फ्रेमवर्क जारी गरेको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको नाममा सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले आन्तरिक कारोबार प्रणालीसम्बन्धी फ्रेमवर्क बनाई महत्वपूर्ण बैंकहरूको छनौट कार्य सुरु गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी वाणिज्य बैंकका लागि फ्रेमवर्क फर डिलिङ विथ डोमेस्टिक सिस्टमेटिकल्ली इम्र्पोटेन्ट बैंक (डि–एसआईबीएस), २०२५ जारी गरिएको हो ।
राष्ट्र बैंकका अनुसार फ्रेमवर्कले प्रणालीगतरूपमा महत्वपूर्ण बैंकको पहिचान, प्रणालीगत जोखिम न्यूनीकरण, ठूलो तथा आपसमा अत्यधिक जोडिएका बैंकहरूको स्थायित्व वृद्धि र अनुपातिक तथा जोखिम–आधारित सुपरीवेक्षण सुनिश्चित गर्ने लक्ष्य छ । प्रणालीगत महत्वपूर्ण बैंकको पहिचान सूचक–आधारित विधिबाट गरिने फ्रेमवर्कमा उल्लेख छ । फ्रेमवर्कअनुसार प्रणालीगत महत्वपूर्ण बैंकको छनोट गर्दा चार संस्थाको आकारको भार ४० प्रतिशत हुनेछ भने इन्टरकनेक्टेडनेसको भार ३० प्रतिशत हुनेछ ।
यसअन्तर्गत इन्ट्राफाइनान्सियल सिस्टम एसेट्सको १०, इन्ट्राफाइनान्सियल सिस्टम लायबिलिटिजको १० र सेक्युरिटिज आउट्सट्यान्डिङको ३० प्रतिशत भार तोकिएको छ । यसबाहेक स्थायित्वको भार १५ प्रतिशत र कम्प्लेक्सीटीको १५ प्रतिशत भार रहने फ्रेमवर्कमा उल्लेख छ । कम्प्लेक्सीटीको कुल भारअन्तर्गत लेभल टु एसेट्सको लागि पाँच, क्रस जुरिसिडिस्ल्न एक्टीभिटिजको लागि पाँच र टे«डिङ एन्ड अभाइलेवल फर सेल सेक्युरिटिजको लागि पाँच प्रतिशत भार तोकिएको छ ।