काठमाडौं । लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आफ्नो ‘फ्ल्यागसिप’ मोडेल दिपल एस०७ आईसीएमा ‘बाइब्याक ग्यारेन्टी र पाँच वर्षसम्म शून्य खर्च’ स्किम पुनः सुरु गरेको छ ।
ग्राहकलाई विश्वास दिलाउने उद्देश्यले यो स्किम फेरि सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्किमले दिपल एस०७ प्रति ग्राहकको आत्मविश्वास बढाउने, ‘रिसेल भ्यालु’को चिन्ता हटाउने र नेपालमा विद्युतीय सवारीको स्वामित्व अनुभवलाई अझ सहज बनाउनेछ । बाइब्याक ग्यारेन्टी कार्यक्रमअन्तर्गत दिपल एस०७ आईसिए खरिद गर्ने प्रत्येक ग्राहकले दोस्रो वर्षदेखि पाँचौँ वर्षसम्म जुनसुकै समयमा एमएडब्लू ग्रुपबाटै पूर्वनिर्धारित रिसेल मूल्य पाउनेछन् । यो स्किमले ईभी खरिदकर्ताको रिसेल मूल्यको चिन्तालाई सम्बोधन गर्नेछ ।
बाइब्याक एस्योरेन्सको साथै ग्राहकले पाँच वर्षसम्म शून्य खर्च लाग्ने बृहत् कार्यक्रमको पनि उपभोग गर्न सक्नेछन् । यसअन्तर्गत ग्राहकले पाँच वर्षसम्म ‘अटोप्लस इन्स्योरेन्स’, ‘पिरियोडिक मेन्टेनेन्स’, चार्जिङमा लाग्ने खर्च र ‘रोड ट्याक्स’को खर्च तिर्नुपर्ने छैन । आवश्यक सबै सेवाहरु उपलब्ध यो स्किममार्फत ग्राहकले चिन्तामुक्त र निर्बाध ईभी ‘एक्सपिरियन्स’ गर्न पाउनेछन् । ‘हाम्रो उद्देश्य ग्राहकलाई आफ्नो ईभी यात्राभर आश्वस्त पार्नु र पिस अफ माइन्ड दिलाउनु हो । दिपल एस०७ आईसीए आरामदायी र इन्टेलिजेन्ट एसयुभी हो जसले नेपालको बदलिँदो गतिशीलताको मागलाई सम्बोधन गर्छ,’ एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘दिपलईभी खरिद गरिसकेपछि ग्राहकले हाम्रो निरन्तर साथ र विश्वास पाइराखून् भन्ने हाम्रो उद्देश्य हो । यो स्किम सहज र विश्वसनीय ईभी ओनरसिपका लागि हो ।’
एस०७ आईसिएले दिपल एपमा ग्राहकलाई कारसँग विनारोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ । कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिङको अवस्था बुझ्न र कारको लोकेसन ट्र्याक गर्न सकिन्छ । साथै यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ ।