काठमाडौं । टिम भेञ्चर्स लिमिटेडले प्राथमिक सेयर निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले कुल २५ लाख १८ हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । यस सम्बन्धमा सोमबार काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको हो ।