काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरिने एक सय रुपैयाँ अंकित दरका १५ लाख कित्ताले हुन आउने १५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे हो ।
उक्त सेयर निष्कासनका लागि नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्सको तर्फबाट प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराई तथा सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाण्डौमा सोमबार द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्कासन गरिने सम्झौता गरियो ।
नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स लिमिटेडको हाल अधिकृत पुँजी एक अर्ब रुपैयाँ तथा जारी पुँजी ५० करोड रहेको छ । कम्पनीले स्थापनाको तेस्रो वर्षबाट लगातार छ वर्ष खुद नाफा आर्जन गरिरहेको, गत वर्ष नगद लाभांश वितरण गरी यस वर्ष खुद नाफा जगेडा कोषमा सारेको र नेटवर्थ सेयरको अंकित मूल्य भन्दा बढी रहेको छ ।