वीरगञ्ज (पर्स) । विन्दवासिनी गाउँपालिका–६ बटसौरामा कुन्युभित्र लुकाइराखेको दुई सय १३ किलो गाँजा विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।

उक्त परिमाणको गाँजा गस्तीमा रहेको टोलीले मङ्गलबार बरामद गरेको प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बताए । सीमावर्ती क्षेत्रमा चोरीतस्करी तथा लागुऔषध ओसारपसार हुन नदिन सशस्त्र प्रहरी बलले ‘इन्टेलिजेन्स लिड अपरेसन’ सञ्चालन गरेको छ ।