काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव ३२ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पनि नौं दशमलव ६९ अंकले उकालो लागेर २६ सय ६५ दशमलव ६० बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६४ अंकले उकालो लागेर चार सय ५९ दशमलव १७ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २२ वटा कम्पनीहरुको ९१ हजार सात सय पाँच पटकको कारोबारमा एक करोड ३६ लाख २० हजार आठ सय ३८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम छ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये पाँच वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् । आज फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लगानी र सामुहिक लगानी कोष समुहको सुचक ओरालो लाग्दा बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।