काठमाडौं । औषधि ऐन, २०३५ मा गरिएको संशोधनप्रति रुष्ट नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल औषधि व्यवसायी संघ र नेपाल आयुर्वेद औषधि व्यवसायी संघले औषधि व्यवस्था विभागको केन्द्रीय कार्यालयसहित मातहतका सबै शाखा कार्यालयमा आज बिहीबार धर्ना दिँदै छन् ।
विभिन्न संघर्षको कार्यक्रम गर्दै आएको संघले बिहीबार विभागको मुख्य कार्यालयसहित सबै शाखा कार्यालयमा धर्ना दिन लागेका हुन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले औषधि व्यवस्था ऐन, २०३५ संशोधन गरेपछि औषधि व्यवसायीहरू रुष्ट हुँदै त्यसलाई सच्याउन व्यवसायीहरुले माग गर्दै आएका थिए । जेन जी को आन्दोलनको बलमा स्थापना भएको सरकारले यसलाई सच्याउन सक्नु आशा देखेर व्यवसायीहरुले दबाव स्वरूप धर्ना लगाएतको कार्यक्रम गर्दै आएका हुन् ।
व्यवसायीहरुको तीनवटै संघले आफ्ना सबै व्यवसायीहरूलाई पायक पर्ने स्थानमा उपस्थित भएर आन्दोलनमा सहभागी हुन अपील समेत गरेको छ ।