काठमाडौं । अर्थ मुभर्स प्रालिले अत्याधुनिक प्रविधियुक्त युनिरोस डब्लूडी५८१ ड्रिलिङ रिगलाई पहिलो पटक नेपालमा सार्वजनिक गरेको छ ।
युनिरोस डब्लूडी५८१ आधुनिक प्रविधि, उच्च क्षमता डिजाइनसहित निर्माण, खानी र क्वारी क्षेत्रमा प्रयोगका लागि तयार गरिएको छ ।
बलियो बनावट, उन्नत नियन्त्रण प्रणाली उच्च इन्धन दक्षता तथा उत्पादन क्षमताले यस उपकरणको प्रयोग कठिन भू–भागमा समेत अनुकूल रहेको कम्पनीले जनाएको छ । यो नवीनतम प्रविधिले नेपालको निर्माण र खानी उपकरण क्षेत्रलाई नयाँ स्तरमा पु¥याउने कम्पनीको दाबी छ ।
यसको उत्कृष्ट प्रदर्शन, इन्धन दक्षता र भरपर्दो पनले देशको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ । युनिरोस डब्लीडि५८१ मा शक्तिशाली इन्जिन, उन्नत हाइड्रोलिक प्रणाली र चालकमैत्री नियन्त्रण प्यानल जडान गरिएको छ, जसले उच्च सटीकता र कम इन्धन खपत सुनिश्चित गर्छ । नेपालको विविध भौगोलिक अवस्थालाई मध्यनजर राख्दै डिजाइन गरिएको यो उपकरणले सञ्चालनमा सुरक्षाको उच्च मापदण्ड रहेको छ ।