काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन नौं दशमलव ६९ अंकले उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि १० दशमलव ४३ अंकले उकालो लागेर २६ सय ७६ दशमलव तीन बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४३ अंकले उकालो लागेर चार सय ६१ दशमलव ६१ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३३ वटा कम्पनीहरुको ८६ हजार एक सय ७० पटकको कारोबारमा एक करोड ४६ लाख ९३ हजार आठ सय सात कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम छ अर्ब ६६ करोड २३ लाख ८३ हजार एक सय ४३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार उपसमुहको सुचक खुम्चिएका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् ।