कोलम्बो । श्रीलंकालीमा हाल तीन लाख ६५ हजार ९५१ नागरिकहरु बेरोजगार रहेको श्रीलंकाका प्रधानमन्त्री हरिनी अमरसुरियाले बुधबार संसदमा बताएका छन् ।
पहिलो त्रैमासिकमा बेरोजगारी दर घटेर ३.८ प्रतिशतमा झरेको उनले बताएका छन् । जुन सन् २०२४को समान अवधिमा ४.५ प्रतिशत थियो । दोस्रो त्रैमासिकको दर पनि एक वर्षअघिको ४.७ प्रतिशतको तुलनामा ३.८ प्रतिशत रहेको उनले बताएका छन् ।
प्रधानमन्त्रीका अनुसार विश्वविद्यालयको डिग्री वा सोभन्दा उच्च योग्यता भएका ४२ हजार २५४ जना बेरोजगार रहेका छन् । सरकारले आफ्नो रोजगार कार्यक्रमअन्तर्गत सार्वजनिक क्षेत्रमा १२ हजार भन्दा बढी स्नातक उपाधी प्राप्त जनशक्तीलाई रोजगारी दिई सकेको उनले जनाए ।