काठमाडौं । एम्बार्क अनम्याथले आयोजना गर्न लागेको ग्लोबल म्याथ डिबेट लिग (जीएमडीएल) को नलेज पार्टनर ब्रिटानिका एजुकेसन भएको छ ।
जनवरी २०२६मा आयोजना हुने यो कार्यक्रमको नलेज पार्टनरको रूपमा ब्रिटानिका एजुकेसन जोडिएको हो । जीएमडीएलले विद्यार्थीहरूलाई गणितलाई विचार अभिव्यक्त गर्ने, रचनात्मकता देखाउने, छलफल गर्ने र दैनिक जीवनमा प्रयोग गर्ने माध्यमको रूपमा उपयोग गर्न प्रोत्साहित गर्ने बताइएको छ । एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बथिजाले नेपालभरका विद्यालयका पाँच हजारभन्दा बढी विद्यार्थीहरू यस कार्यक्रममा सहभागी हुने बताए । कार्यक्रम स्क्रिनिङ राउन्ड, क्षेत्रीय छनौट र राष्ट्रिय फाइनल राउन्ड गरेर तीन चरणमा हुनेछ । ब्रिटानिका एजुकेसनले दुई सय ५० वर्षको विश्वसनीय ज्ञानलाई आधुनिक, पाठ्यक्रमसँग मिल्ने डिजिटल उपकरणहरूमा एकीकृत गरेर शिक्षण र सिकाइमा परिवर्तन ल्याइरहेको जनाएको छ ।