काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले ‘२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स’ र ‘२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स’ गरी दुई महत्वपूर्ण सम्मानहरू प्राप्त गरेको छ ।
‘इनर्जी, भिजन, फ्युचर’ थिममा सम्पन्न भएको २०२६ डोंगफेंग डिलर कन्फरेन्समा नेपालमा ईभी प्रवद्र्धन, नेटवर्क विस्तार र ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई यी पुरस्कारहरू प्राप्त भएको हो । ईभी क्षेत्रमा निभाएको अग्रणी भूमिकाकै कारण एमएडब्लू वृद्धिले वातावरण संरक्षण र प्रदुषणमुक्त यातायात समाधानमा समर्पित अग्रणी ब्रान्डको रुपमा आफ्नो पहिचान बनाएको छ । एमएडब्लू वृद्धि मोटर्सले केवल १४ महिनाकै दौरानमा एक हजार दुई सय ५० भन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ, जुन न्यू इनर्जीको क्षेत्रमा उल्लेखनीय उपलब्धि हो । यसको ह्याचब्याक मोडेल नामी बक्स आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको गाडी बनेको छ । यसले स्मार्ट फिचर भएका गाडीप्रति ग्राहकको विश्वास र माग बढेको देखाउँछ । कम्पनीले हालसालै भित्र्याएको नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु गरेको छ । यसले उपभोक्ताका लागि अझ धेरै ईभीको छनोटहरू उपलब्ध गराएको छ । देशभर रहेका १२ वटा बिक्री केन्द्रले ग्राहकलाई ईभीबारे बुझ्न, यसलाई प्रत्यक्ष अवलोकन गर्न र ढुक्क भएर न्यू इनर्जी गाडी रोज्न सहज वातावरण बनाइदिएको छ ।
एमएडब्लू ग्रुपले ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण सर्भिस एक्सलेन्स अवार्ड प्राप्त गरेको हो । एमएडब्लू वृद्धि मोटर्सका १० सेवा केन्द्रहरू छन् । यसको ग्राहक सन्तुष्टि दर ९२ प्रतिशत छ भने २४÷७ हेल्पलाइनमार्फत यसले एकदम छिटो सहायता उपलब्ध गराउँछ । यसको सेवा प्रणालीमा पिक एन्ड ड्रप, रोडसाइड असिस्टेन्स तथा अफ–रोड सेवाजस्ता सुविधा भएकोले ग्राहकहरूले जुनसुकै स्थानबाट सहयोग लिन सक्छन् । यी सबै सुविधाहरूले गर्दा एमएडब्लू वृद्धि गाडी बिक्रीपछि पनि ग्राहकहरूसँग दीर्घकालीन विश्वास र सम्बन्ध कायम गर्न सफल रहेको छ ।
कम्पनीको ब्रान्ड दृष्टिकोण स्टेकहोल्डरको कदर, नेतृत्वदायी क्षमता र कम्पनीको उद्देश्यमा मानिसहरूको विश्वासजस्ता तीन मुख्य कुराहरूमा आधारित छ । स्वच्छ ऊर्जा, पूर्वाधारमा लगानी र ग्राहकलाई प्राथमिकतामा राख्ने सेवा प्रणालीका कारण स्टेकहोल्डरहरूले यस ब्रान्डमा भरोसा राखेका छन् ।