काठमाडौं, भदौ १७
विश्वमा दुई करोड ५६ लाख ३८ हजार दुई सय ३० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख ५४ हजार सात सय ७५ जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।मंगलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार संक्रमितमध्ये हालसम्म एक करोड ७९ लाख ४२ हजार नौ सय ११ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६८ लाख ४० हजार ५४४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ६१ हजार एक सय ५८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६२ लाख ११ हजार सात सय ९६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८७ हजार सात सय ३६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । ब्राजिलमा ३९ लाख १० हजार नौ सय एक जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ एक लाख २१ हजार पाँच सय १५ जनाको मृत्यु भएको छ । भारतमा ३६ लाख ९१ हजार एक सय ६६ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ६५ हजार चार सय ३५ जनाको मृत्यु भएको छ ।
रुस नौ लाख ९५ हजार तीन सय १९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १७ हजार एक सय ७६ जनाको मृत्यु भएको छ । पेरुमा छ लाख ५२ हजार ३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार नौ सय ४४ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा छ लाख २७ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार एक सय ४९ जनाको मृत्यु भएको छ । कोलम्बिया ६ लाख १५ हजार एक सय ६८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १९ हजार छ सय ६३ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा पाँच लाख ९९ हजार पाँच सय ६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६४ हजार चार सय १४ जनाको मृत्यु भएको छ । स्पेनमा चार लाख ६२ हजार आठ सय ५८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ९४ जनाको मृत्यु भएको छ । अर्जेन्टिना चार लाख १७ हजार सात सय ३५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने आठ हजार छ सय ६० जनाको मृत्यु भएको छ । (रासस/एएफपी)