काठमाडौं । नेपाल एसबीआई बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समिति पछिल्लो पटक बसेको बैठकले सेयरधनीलाई चुक्ता पँुजीको नौ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांशमा करसहित पाँच प्रतिशत नगद लाभांश र चार प्रतिशत बोनस सेयर रहेको छ ।

बैंकका अनुसार लाभांश वितरण सम्बन्धी सञ्चालक समितीको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।