काठमाडौँ, भदौ १७ ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथौ त्रैमासिक अवधिमा १२ करोड ५२ लाख ७३ हजार चार सय ९८ रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १२ करोड ४६ लाख ३२ हजार दुुई सय ४१ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको चालू आवको चौथौ त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी आठ रुपैयाँ १३ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय २८ रुपैयाँ ८३ पैसा रहेको छ ।