काठमाडौ । नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपालले आफ्नो ४९औँ वार्षिक साधारणसभा आगामी पुस ९ गते गर्ने भएको छ ।
नाडाले सोमबार एक विज्ञेप्ती जारी गरी पुस ९ गते, बुधबार, ललितपुरस्थित द प्लाजामा साधारणसभा आयोजना गर्ने निर्णय गरेको जनाकारी दिएको हो । यसअघि नाडाका अध्यक्ष करण चौधरीको अध्यक्षतामा भदौ १९ गते बसेको २२औँ तथा मंसिर १५ गते बसेको २४औँ केन्द्रीय कार्यसमिति बैठकले साधारणसभा आह्वान गर्ने निर्णय गरेको थियो ।
साधारणसभामा नाडालाई महासंघमा लैजाने प्रस्ताव समेत प्रस्तुत गरिने नाडाले जनाएको छ । नाडाले तोकिएको मिति, समय र स्थानमा सबै सदस्यहरूको अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ ।