काठमाडौ । हरेक वर्षझैँ यस वर्ष पनि दराज ११.११, द बिगेस्ट सेल अफ द इयरले नेपालको सर्वाधिक प्रतिक्षित तथा लोकप्रिय किनमेल पर्वलाई नयाँ उचाइ प्रदान गरेको छ । कात्तिक २४ गते राति ८ बजेबाट सुरु भएको यो मेगा सेलमा उल्लेखनीय उपलब्धिहरु प्रदर्शित भएका छन् ।
सन् २०२५मा आयोजित अन्य दराजका अभियानहरुको तुलना दराज ११.११, द बिगेस्ट सेल अफ द इयरले २६ प्रतिशत अधिक अर्डर, अभूतपूर्व ट्राफिक वृद्धि भएको थियो । विगतका सेलहरुका तुलनामा दराजमलमा सम्मिलित ब्राण्डहरुले यस पटक २५ प्रतिशत अधिक आम्दानी गरेका थिए भने बिक्री संख्यामा १.४ गुणा वृद्धि र प्रडक्ट पेज भिजिटका आधारमा ६५ प्रतिशत सम्मको वृद्धि भएको छ । अनुमान गरिएको भन्दा अधिक सफल नतिजाका साथमा यसले नयाँ आन्तरिक बेन्चमार्क समेत स्थापित गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ । प्रमाणिक उत्पादनहरुका लागि बढ्दो माग, बलियो भन्डारण सुविधा, मागको व्यवस्थापनार्थ उचित वितरण प्रणाली, प्रतिस्पर्धात्मक मूल्य, पर्याप्त डिजिटल भिजिबिलिटीलगायत यसको प्रमुख कारण रहेका छन् । सियाओमी, ब्राण्डहाउस, प्रोटिन नेपाल र एईबीबी गरी चार दराजमल पार्टनरहरुका सफलता हासिल गरेका छन् ।
सियाओमी प्राविधिक श्रेणीको ‘पावर पर्फरमर’
इलेक्ट्रोनिक्स श्रेणीमा सियाओमीले दराज ६.६ अभियानको तुलनामा १० गुणा वृद्धि हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ । विशेष मूल्य, उच्च भिजिबिलिटी र मल्टी च्यानलमार्फत चलाइएको एफिलिएट्स तथा इनफ्लुएन्सर एक्टिभेसनमार्फत चलाइएका प्रचार अभियानहरूका माध्यमबाट ब्राण्डले ३० लाखभन्दा बढी भिजिबिलिटी हात पार्न सफल भएको थियो । यसले कम्पनीले आफ्ना बेस्ट सेलिङ लाइनअपहरु, रेडमी प्याड टू, रेडमी वाच फाइभ एक्टिभ, रेडमी बड्स सिक्स प्ले र सियाओमी पावरबैंकमा उपलब्ध गराएका आकर्षक डिल्सका लागि निरन्तर भिजिबिलिटी प्राप्त गरेको हो । फोन्स तथा ट्याब्लेटका लागि बजार मूल्य भन्दा औसतमा ८ प्रतिशत कममा उपलब्ध गरिएका प्राइसिंग डिल्स र अडियो वेयरेबल्समा उपलब्ध गरिएको २५ प्रतिशत कम मूल्यको अफरले गर्दा सियाओमीलाई टेक सिकिङ सपर्सका लागि विशेषरुपमा आकर्षित गर्न सफल रह्यो ।
एडिदास, रिबक र एसिक्स फ्युलको कारोबारमा ३३३ प्रतिशत वृद्धि
यस वर्षको ११.११ मा ब्राण्ड हाउसले उल्लेखनीय बृद्धि हात पार्दै, अप्रिल ४.४ सेलको तुलनामा आफ्नो अर्डरमा ३३३ प्रतिशत वृद्धि हासिल गरेको छ । शीर्ष ब्रान्डहरू, साहसी उत्पादन–विस्तार र रणनीतिक भिजिबिलिटीका माध्यमबाट यो सफलता सम्भव भएको हो । कार्यक्रमको दुई हप्ता अगाडि मात्र, ब्रान्डले १६२ नयाँ उत्पादनहरु र ५२३ भेरिएसन थपेर हिउँदे र फिटनेस–श्रेणीका खरिदकर्ताहरूका लागि आफ्नो लाइन–अप अझ बलियो बनाएको थियो । यसरी थपिएका प्रमुख उत्पादनहरुमा एडिदासका स्वेटशर्ट र हुडी, एसिक्सकाका जुत्ता र जिम–वेयर, रिबकका फिटनेस एपेरलसहित अघिल्ला बेस्ट–सेलरहरूको रिफ्रेस गरिएको स्टक समावेश थिए । एडिदासले ‘हिरो ब्रान्ड’का रूपमा उदाउँदै, कुल अर्डरको ४५ प्रतिशत स्थान ओगटेको थियो । रिबक र एसिक्सले संयुक्तरूपमा कुल अर्डरमध्ये आधाभन्दा बढी माग भित्र्याउन सफल भएका थिए । यसले प्रिमियम ग्लोबल ब्रान्डप्रतिको बलियो ग्राहक विश्वास झल्काएको छ । यसबाहेक, ब्राण्डहाउसले लेभाइजका न्यू अराइभल्स पनि सूक्ष्मरूपमा छनौट गर्ने कपडा–खरिदकर्ताहरूका लागि प्रस्तुत गरेको थियो ।
प्रोटिन नेपालको उच्च गतीय वृद्धि
दराज ११.११ मा प्रोटिन नेपालले उच्च–गतिको वृद्धिदर हात पार्दै दराजमल भित्र नेपालको सबैभन्दा छिटो बढ्दै गएको न्यूट्रिसन ब्रान्डको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । आक्रामक मूल्य निर्धारण, विस्तृत प्रोमोसन र इनफ्लुएन्सर एक्टिभेसनको सहायताबाट ब्रान्डले दराज ६.६ को तुलनामा करिब तीन गुणा अधिक वृद्धि दर्ता गर्न सफल भएको हो । अफलाइन बजारभन्दा औसत ३० प्रतिशत कम मूल्यमा उत्पादन उपलब्ध गराउने दराजको रणनीतिले प्रोटिन पाउडर र सप्लिमेन्ट्समा विशाल प्रतिस्पर्धात्मक फाइदा सिर्जना गर्यो । प्लाटिनम पार्टनरका रुपमा रहेको प्रोटिन नेपालले दराज विज्ञापन, डीएमएस (दराज मार्केटिङ सोल्युसन्स) र प्रोडक्ट एड्समा बृहत् लगानी गर्दै ३६०–डिग्री प्रमोशनल अभियान सञ्चालन गरेको थियो । दराज र ब्रान्ड दुवैको संयुक्त पहलबाट फिटनेस इनफ्लुएन्सर र केओएल (कि अपिनियन लिडर्स)को सक्रियतामा २० लाखभन्दा बढी पहुँच हासिल गर्न सफल भएको थियो ।
एईविबीको सफलता : १६२ प्रतिशत अर्डर वृद्धि
एईविबीले यस वर्षको ११.११ मा उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै दराज ६.६ को तुलनामा १६२ प्रतिशत अर्डर वृद्धि हासिल गरेको छ । कम्पनीले ११.११को अवसरमा उपलब्ध गराएको विशेष मूल्य, नयाँ प्रोडक्ट लन्च र बलियो संयुक्त मार्केटिङ रणनीति यो सफलताका प्रमुख कारकहरु हुन् । चार वर्षअघि दराजमा आफ्नो यात्रा सुरु गरेको एईविबीले यस पटक बेबी–केयर नेतृत्वलाई थप मजबुत बनाउँदै ७१ प्लस प्रोडक्टमा १६ प्रतिशत फ्ल्याट डिस्काउन्ट र भाउचर अफर प्रस्तुत गरेको थियो । यसले ठूलो परिमाणमा ट्राफिक र कनभर्जन बढाउन सहयोग मिलेको थियो । यी अफरहरूको प्रभाव प्रिमियम डायपर तथा स्किनकेयर लाइनहरूमा समेत प्रस्ट झल्किएको थियो । उच्च प्रभावकारी सामाजिक–सञ्जाल प्रमोशन, मेटा क्याम्पेन र संयुक्त मार्केटिङले ग्राहकहरूलाई निरन्तर दराजतर्फ डाइरेक्ट गर्न सफल भएको थियो । साथै, कम्पनीले ११.११ का लागि दराज एक्स्क्ल्यूजिव बेबी मिल्क फर्मूला पनि सार्वजनिक गर्दै आफ्नो प्रिमियम पोर्टफोलियो विस्तार गरेको थियो ।