काठमाडौ । बजाजले बहुप्रतिक्षित डोमिनार डे सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाइकर्स क्याफे नक्सालमा डोमिनार डे सञ्चालन हुनेछ ।
यस कार्यक्रममा सहभागीहरूले डोमिनार४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्षरूपमा अनुभव गर्ने अवसर पाउनेछन् । यो क्याम्पेनले आफ्नो राइड अपग्रेड गर्न चाहनेहरूलाई विभिन्न आकर्षक अफर र सुविधाहरू उपलब्ध गराइरहेको छ । कार्यक्रमका मुख्य आकर्षणहरूमा सहभागीहरूले अल्फा सिएस ! राइडिङ ज्याकेट, हेलमेटजस्ता सुरक्षित र स्टाइलिस राइडिङ गियर प्राप्त गर्नेछन् । साथै, ‘नागरिकताको भरमा ईएमआई’ सुविधामार्फत सरल र झन्झटमुक्त वित्तीय सेवा पाउने व्यवस्था समेत गरिएको छ । पुराना बाइकको उत्कृष्ट मूल्यांकन र खेलप्रेमीहरूको लागि एनपिएल टिकेटजस्ता बोनस अवसरहरू पनि प्रदान गरिनेछन् ।
साथै, सहभागीहरूले स्पोन्सर्ड वीकेन्ट राइड जित्ने मौका पाउनेछन् र टेस्ट राइडमा डोमिनार व्यापारिक सम्मान पनि प्राप्त गर्न सक्नेछन् । आफ्नो डोमिनार भए पनि नयाँ मोडेलमा रुचि राख्नेलगायत सबैका लागि यो कार्यक्रम विशेष अवसर बन्ने विश्वास गरिएको छ ।
सहभागीहरूले डोमिनार ४०० को दमदार पावर, उत्कृष्ट पर्फमेन्स र आरामदाई अनुभव गर्ने मौका पाउनेछन् । सहभागीहरूले बाइकर्स क्याफे, नक्सालमा पुगेर डोमिनार ४००को वास्तविक राइड अनुभव गर्नुका साथै उपलब्ध अफरहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन् । यो कार्यक्रम बाइकर्स क्याफेमा दैनिक रूपमा सञ्चालन हुनेछ ।