काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार दिनभर आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनुका साथै राति देशभर मौसम मुख्यतया सफा रहने छ ।