काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले खुम्चिएको छ । अघिल्लो दिन शुन्य दशमलव ५३ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन १३ दशमलव ५२ अंकले ओरालो लागेर २६ सय ३१ दशमलव १७ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य तीन अंकले ओरालो लागेर चार सय ५० दशमलव ९६ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ३२ वटा कम्पनीहरुको ६७ हजार चार सय ८५ पटकको कारोबारमा एक करोड आठ लाख ७३ हजार तीन सय ७२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब २३ करोड ५६ लाख ९९ हजार तीन सय ३७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।