जनकपुरधाम । कात्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री यादवले विश्वासको मतका लागि बुधबार बोलाइएको मधेश प्रदेश सभाको बैठकबाट विश्वास नपाउने निश्चित भएपछि सभाको बैठकबाटै राजीनामा दिएका हुन् ।