मोरङ । बेलबारी नगरपालिका–७ बाहुनीस्थित सडकमा को.२ त ९६१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार झापा दमक घर भएका ३० वर्षीय कुमार गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।