रूकुम पूर्व । सिस्ने गाउँपालिका–६ द्धारेखोलास्थित जंगलबाट भरूवा बन्दुक २ थान र भरूवा बन्दुक बनाउन प्रयोग हुने नाल १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूकुम पूर्व र अस्थायी प्रहरी पोष्ट खोपीचारबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।