काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–५ गेटा बस्ने धिरेन्द्र जोशीको घरमा सोही ठाउँ बस्ने ईन्द्र देउवाले सञ्चालन गरेको निसा ट्रेड्रस किराना पसल र उनकै श्रीमती मनिषा देउवाले सञ्चालन गरेको मनिषा किराना पसल (गोदाम)मा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी हुँदा करिब दुई करोड ५० लाख रूपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ ।