काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था खुद नोक्सानी देखिएको छ । संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ९३ लाख ४५ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ५९ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड तीन लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा ८६ करोड ८६ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६९ करोड ७६ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड २२ लाख ४१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा ११ दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।