काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ५७ लाख ६८ हजार ८० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड ९७ लाख २४ हजार नौ सय ७५ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब ९३ करोड ९९ लाख २७ हजार ५१ रुपैयाँ निक्षेप संंकलन गरी पाँच अर्ब ६६ करोड २७ लाख ३४ हजार दुई सय ४४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड छ लाख ८६ हजार तीन सय ९७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १५ दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ९१ करोड ८६ लाख ८६ हजार सात सय ६३ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८३ करोड नौ लाख ७८ हजार ५८ रुपैयाँ कर्जा प्रंवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ८३ लाख ९४ हजार छ सय ५२ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १० दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।