काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा यही मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना हुने फुटसल प्रतियोगिता यही मसिंर १९ गते शुक्रबार विहान ७ः३० बजे उद्घाटन गरी विहान ८ः०० बजेदेखि खेल सुरु हुने भएको छ । सो प्रतियोगितामा सहभागि समूहहरूको विभाजन र खेल तालिकासमेत प्रकाशित गरेको छ ।
उक्त प्रतिगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पूर्ण, जीवन, निर्जिवन लघु तथा पुनर्बीमा कम्पनीहरू र सर्भेयरहरू समेतको सहभागिता रहेको छ । उक्त प्रतियोगिताको नेपाल इन्स्योरेन्स कम्पनीको आधिकारिक फेसबुक पेजबाट लाइभ प्रसारण समेत गर्ने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।