काठमाडौं । एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ले १ करोड डाउनलोडको उपलब्धि हासिल गरेको छ । योसँगै एनसेल एप नेपालमा सबैभन्दा बढि प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एक भएको कम्पनीको दाबी छ ।
एनसेल एपमार्फत ग्राहकहरूले कुनै कोड डायल नगरी, एनसेल सेन्टर वा आधिकारिक विक्रेताकोमा नगई सजिलै विभिन्न सेवाहरू लिन सक्नेछन् । साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइन÷अफलाइन गेम, सेवा सक्रिय÷निष्क्रिय गर्ने सुविधालगायतका धेरै सेवाहरू उपलब्ध भएकाले यो एप सहज र निर्बाध डिजिटल सेवा अनुभव चाहने ग्राहकहरूको पहिलो रोजाइ बनेको कम्पनीको भनाइ छ । एनसेलले एक करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रमको घोषणा पनि गरेको छ । यसअन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी अल टाइम डेटा पाउन सक्नेछन् । पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने ग्राहकहरू वा एपमार्फत कुनै न कुनै प्याक खरिद गर्ने ग्राहकहरू १० जीबी डेटा जित्न योग्य हुनेछन् ।
एनसेल एप सहज प्रयोग, क्विक नेभिगेसन र ग्राहक अनुभव उत्कृष्ट बनाउने किसिमले डिजाइन गरिएको छ । यो एनसेल एप विदेशमा रहेका नेपाली कामदार तथा यात्रुहरूका लागि पनि महत्वपूर्ण डिजिटल सोलुसन साबित भएको जनाइएको छ । यसले ग्राहकहरूलाई रोमिङ्मा पनि सजिलै रिचार्ज गर्न, प्याक किन्न र आफ्नो एनसेल सिम सहजरूपमा प्रयोग गर्न सहयोग पुर्याएको छ । ग्राहकहरूले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमार्फत एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्नेछन् ।