काठमाडौं । नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रालिले ‘नेसनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सञ्चालन गरेको छ ।
सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसीबी मेसिनहरूका लागि कम्पनीले यो क्याम्पेन सञ्चालन गरेको हो । क्याम्पेन ३१ डिसेम्बरसम्म सञ्चालन हुनेछ । यस अभियानले पुराना मेसिनहरूलाई सुरक्षित, भरपर्दो र राम्रो अवस्थामा राख्न ग्राहकलाई सहयोग गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ । अभियानअन्तर्गत जेसीबीधनीहरूले तालिमप्राप्त जेसीबी प्राविधिकबाट आफ्नो मेसिनको निःशुल्क हेल्थ चेकअप गराउन सक्नेछन् । यस चेकअपले मेसिनमा हुनसक्ने समस्याहरू पहिचान गर्न मद्दत गर्ने र मेसिनको राम्रो प्रदर्शन पनि सुनिश्चित गर्नेछ । साथै, ग्राहकलाई थप सुविधा दिन कम्पनीले जेन्युइन जेसीबी लुब्रिकेन्ट र स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अथराइज्ड जेसीबी वर्कसपमा सर्भिस तथा मर्मतमा २० प्रतिशत छुट प्रदान गरेको छ ।
अभियान धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाडौं, पोखरा, बिरगञ्ज, जनकपुर, इटहरी र बिर्तामोडमा रहेका नेपालका सबै १२ वटा जेसीबी शाखामा लागू भएको कम्पनीले जनाएको छ । देशभर रहेका यी शाखाहरूमार्फत ग्राहकले आफ्नो नजिकको स्थानमै सहजरूपमा सेवा पाउन सक्नेछन् । एमएडब्लू अर्थमुभर्स सबै योग्य जेसीबी मालिकहरूलाई यो अवसर उपयोग गर्न र आगामी वर्षका लागि आफ्नो मेसिनलाई राम्रो अवस्थामा तयार राख्न आग्रह गरेको छ ।