काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १४ करोड ४२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १० करोड ४७ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३३ करोड १६ लाख नौ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा छ अर्ब ४८ करोड ४७ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ५० करोड ७३ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४२ करोड ३२ लाख ११ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले छ अर्ब ४६ करोड ४७ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब २१ करोड ८६ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३० करोड ४४ लाख ९२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।