काठमाडौं । दराज नेपालले यस वर्षको ११.११ ‘द बिगेस्ट सेल अफ दि इयर’ ऐतिहासिक नतिजासहित सम्पन्न गरेको छ । शतप्रतिशत प्रामाणिक ब्रान्डेड उत्पादनहरूका लागि समर्पित प्लेटफर्मको च्यानल, दराजमलमा यस पटक ब्रान्डहरूले चार सय ५० प्रतिशतसम्मको वृद्धि हात पार्न सफल भएका छन् ।
नोभेम्बर १० देखि नोभेम्बर २१ सम्म चलेको यो अभियानमा उपभोक्ताहरूको अभूतपूर्व संख्यामा सहभागी रहेको थियो । लाखौँ नेपाली उपभोक्ताले भारी छुट, दुई करोड रुपैयाँभन्दा बढी मूल्यका विशेष भाउचर, र विभिन्न श्रेणीमा क्युरेटेड डिलहरूको लाभ पनि उठाउने अवसर पाएका थिए । यस वर्ष डेलिभरी गति, ग्राहक अनुभव, र डिजिटल भुक्तानीमा समेत उल्लेखनीय सुधार प्रस्तुत गर्दै, समग्र बिक्रीमध्ये ४८ प्रतिशत हिस्सा पहिलोपटक अनलाइन किनमेल गर्ने ग्राहकले योगदान गरेका छन् । यसले नेपालमा डिजिटल वाणिज्यप्रति नयाँ प्रयोगकर्ताको विश्वास मजबुत हुँदै गएको प्रमाण दिएको कम्पनीको दाबी छ ।
यस वर्षको दराज ११.११ देशभरका विक्रेताका लागि नै एक ऐतिहासिक वर्षका रुपमा स्थापित भएको छ । छ हजार भन्दा बढी विक्रेताले गत वर्षको प्रदर्शनलाई पछि पार्दै ११.११ लाई २०२५कै सर्वाधिक सफल अभियानका रुपमा स्थापित गरेका छन् । उपभोक्तालाई आकर्षित गर्ने प्रमुख ब्रान्डहरूमा अल्टिमा लाइफस्टाइल, ग्रिन लाइफ एक्स्पेरियन्स, मामाअर्थ, द दर्मा को, एईवीबी, सेताफिल, म्यामिपोको, मसलब्लेज, एडिदास र क्यासियो रहेका छन् । यसवर्ष तीव्र गतिमा बृद्धि हात पार्न सफल ब्रान्डहरूमा रेडमी, ग्लेन, भिभो, प्यानासोनिक, सीएमएफ, फिलिप्स, सियाओमी, हिमस्टार, भरटेक्स र ग्रिन लाइफ एक्स्पेरियन्स अग्रणी रहेका छन् । तिनले उच्च भिजिबिलिटी सहितका ब्रान्ड मोमेन्टहरूलाई प्रभावकारी रूपमा उपयोग गर्न सफल भएका थिए । साथै, नयाँ तथा उदयिमान ब्रान्डहरूले पनि बलियो उपस्थिति जनाउन सफल भएका छन् । नाइन, प्लम, सेफ्टी, एरके, भ्यासेलिन, प्यारासुट, न्यूलाइट, मार्स, लिभोन र त्रिकाया लगायत ब्रान्डहरूले पहिलोपटक देशव्यापी ध्यान खिच्दै उल्लेखनीय वृद्धि समेत हासिल गरेका छन् ।
११.११ को व्यापारलाई परिभाषित गर्ने श्रेणीहरूमा स्किनकेयर, अडियो, पुरुष फेसन, मोबाइल एक्सेसोरीज, हेयरकेयर, मेकअप, महिला फेसन, ब्यूटी टुल्स, बाथ एन्ड बडी, र मेन्स केयर लगायत रहेका छन् । सबैभन्दा धेरै अर्डर भएका उत्पादनमा इयरबड्स, सनस्क्रिन, मोबाइल फोन, डायपर, ज्याकेट, हेयरकेयर सामान, कम्प्युटर तथा मोबाइल एक्सेसरिज, मेकअप ब्रस, अग्र्यानिक स्किनकेयर, र ट्रिमर सामेल थिए । यस्तै यस पटकको ११.११ मा ३५ प्रतिशतभन्दा बढी खरिद डिजिटल भुक्तानीमार्फत (वालेट र कार्ड) सम्पन्न भएका थिए । दराज अफिलिएट प्रोग्रामले पनि गत १०.१० को तुलनामा तीन गुणा बढी उत्पादन बिक्री गर्दै क्रिएटर–ड्रिभन कमर्सको प्रभावलाई झनै मजबुत बनाएको थियो ।
ग्राहक अनुभव पनि यो वर्षको केन्द्रमा रह्यो । अनुकूलित लजिस्टिक नेटवर्कमार्फत सबैभन्दा छिटो अर्डर छ घन्टामा डेलिभर सम्पन्न गरिएको थियो । त्यसैगरी, सबैभन्दा टाढा डेलिभरी विराटनगरदेखि भीमदत्तासम्म नौ सय ५२ किमि यात्रा पूरा गर्दै गरिएको थियो । यसले दराजको राष्ट्रिय पहुँच अझै बलियो हुँदै गएको प्रमाणपनि प्रस्तुत गरेको छ । मार्केटिङतर्फ, ८ सय भन्दा बढी साझेदारहरुले दराज मार्केटिंग सोल्युसन (डीएमएस) सक्रिय गर्दै ४३ प्रतिशतसम्मको आरओआई हासिल गर्न सफल भएका छन् । यसले ११.११ लाई ब्रान्ड दृश्यता र कन्भर्जनका लागि अत्यन्त प्रभावकारी क्षण रहेको प्रमाणित गरेको छ ।