काठमाडौं । सेफ ड्राइभ इन्डिया र दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलबीच सम्झौता भएको छ । नेपालमा सडक सुरक्षा तथा चेतनामुलक कार्यमा सहकार्य गर्नको लागी दुई संस्थाबीच सम्झौता भएको हो ।
सम्झौतामा सेफ ड्राइभ इन्डियाका संस्थापक धिरेन्द्र सायामिन र दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलका निर्देशक मिना दाहाल न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका छन् । विश्वमा दैनिक सरदर तीन हजार पाँच सय जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । नेपालमा पनि यो तथ्यांक कहालीलाग्दो छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१–८२ मा मात्रै दुई हजार दुई सय ६७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । टा«फिक नियमको ज्ञानमा कमी हुँनु र ज्ञान भएकाले पनि यसको इमानदारिता पूर्वक पालना नगर्नाले ठूला दुर्घटना हुने गरेको छ । दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलकी निर्देशक मिना दहाल न्यौपानेले नेपालमा सडक सुरक्षा तथा जनचेतनाको कार्यक्रम संचालन गर्ने बताइन् । सोही अवसरमा सेफ ड्राइभ इन्डियाले दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलको टोलीलाई डिफेन्सिभ ड्राइभिङको तालिम तथा प्रमाणपत्र समेत प्रदान गरेको छ ।