धनुषा । नेपाली कांग्रेसबाट यही मङ्सिर १९ गते मुख्यमन्त्री नियुक्त भएका मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

यादवले आइतबार मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । आइतबार बसेको सत्तापक्षीय सातदलीय गठबन्धन बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिएका छन् ।