काठमाडौं । सामसङले आफ्नो नयाँ ट्याबलेट ग्यालेक्सी ट्याब ए ११ प्लस नेपालमा आधिकारिकरूपमा सार्वजनिक गरेको छ ।
विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको यो ट्याबलेटले स्मार्ट एआई क्षमता, छरितो प्रदर्शन र प्रिमियम निर्माण गुणस्तरको संयोजन किफायती मूल्यमै उपलब्ध गराएको छ । अपग्रेडेड डिस्प्ले, क्वाड स्पिकर, मजबूत मल्टिटास्किङ र लामो समयको सफ्टवेयर सपोर्टसहित ट्याब ए ११ प्लसले प्रयोगकर्तालाई उन्नत अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । ट्याब ए ११ प्लस सिल्भर र ग्रे रंगमा उपलब्ध छ । यसमा आकर्षक मेटल डिजाइनसहित ११ इन्चको इमर्सिभ डिस्प्ले छ, जसले अनलाइन अध्ययन, मनोरञ्जन र उत्पादकत्वका कार्यहरूलाई थप सहज बनाउँछ । यो ट्याबलेटले स्ट्रीमिङ, सिकाइ एप र मल्टिटास्किङका लागि तीव्र र प्रतिक्रियाशील प्रदर्शन सुनिश्चित गर्ने जनाईएको छ । यसमा भएको अप्टिमाइज्ड चिपसेटले छरितो एनिमेसन, द्रुत एप स्विचिङ र ऊर्जा खपतमा दक्षता प्रदान गर्छ ।
सामसङले यस ट्याबलेटमा सर्वसुलभ एआई अनुभवसमेत समावेश गरेको छ, यसमा गुगल जिमिनि, सर्कल टु सर्च वीथ गुगल, रियल–टाइम टेक्स्ट अनुवाद र सल्भ म्याथ अन सामसङ नोट रहेका छन् । यी सुविधाले ट्याब ए ११ प्लसलाई विद्यार्थी, सिर्जनाकर्मी र परिवारका प्रयोगकर्ताका लागि सिकाइ, खोज तथा दैनन्दिन उत्पादकत्व बढाउने सबै–एकमा साथी बनाउँछ । ए सिरिजमा ठूलो सुधारका रूपमा, ट्याब ए ११ प्लसले सेभेन जेनेरेसनसम्मको वान यूआई अपग्रेड र सात वर्षका सुरक्षा अपडेट उपलब्ध गराउनेछ । यसले ट्याबलेटलाई दीर्घकालसम्म सुरक्षित, भरपर्दो र अद्यावधिक रहने बनाउने कम्पनीको दाबी छ । सुगम पहुँचका लागि सामसङले नेपालकै अग्रणी वित्तीय संस्थासँग साझेदारी गर्दै इन्स्टा फाइनान्स सेवा समेत संचालन गरिरहेको छ । यसअन्तर्गत प्रयोगकर्ताले छिटो, शून्य–प्रतिशत ब्याजदर र सजिलो ईएमआई विकल्पमार्फत ट्याबलेट किन्न सक्नेछन् ।
नयाँ ग्यालेक्सी ट्याब ए–११ प्लस नेपालभरका अधिकृत सामसङ स्टोरमा उपलब्ध छ । सामसङका अनुसार फइभजी भेरियन्ट (८ जीबी/२५६ जीबी) को मूल्य ४७ हजार ९ सय ९९ रुपैयाँ र वाइ–फाइ भेरियन्ट (६ जीबी÷१२८ जीबी) को ३४ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।