काठमाडौं । अष्ट्रेलियाको प्रमुख व्यावसायिक तथा प्राविधिक शिक्षा प्रदायक टीएएफई न्यू साउथ वेल्स (एनएसडब्लू) र यस एजुकेसन समूहको सहकार्यमा काठमाडौंमा आयोजित अन्तरक्रियात्मक तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख साझेदार संस्था, परामर्शदाताहरू र शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम टीएएफई (एनएसडब्लू)की अन्तर्राष्ट्रिय विद्यार्थी भर्ती प्रमुख विजी शंकरले सञ्चालन गरेकी थिइन्। उनले सहभागीहरूलाई संलग्न गराउने प्रयोजनसहित गेसिङ गेम तथा टेबल–आधारित क्विज सञ्चालन गरिन्। शंकरले टीएएफई (एनएसडब्लू)का ताजा कार्यक्रम, ईएसओएस ऐन र राष्ट्रिय कोडसँग सम्बन्धित नीतिगत अद्यावधिकबारे जानकारीसमेत प्रस्तुत गरेकी थिइन् ।
सहयोग र योगदानका आधारमा उत्कृष्ट साझेदार संस्थाहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। पुरस्कार वितरणमा यस एजुकेसन समूहका टोली सदस्यहरूले सहयोग गरेका थिए ।
यस एजुकेशन समूहका व्यवस्थापक अरुण श्रेष्ठले सहभागी तथा साझेदारप्रति आभार व्यक्त गर्दै नेपाल–अष्ट्रेलिया शैक्षिक सहकार्य सुदृढ बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।
समूह तस्बिर तथा डिनरसहित कार्यक्रम समापन गरिएको थियो। आयोजकका अनुसार कार्यक्रममा सहभागीहरूले आपसी नेटवर्किङ विस्तार गर्ने अवसर पाएका थिए।