काठमाडौं । एनएमबी बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबी इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ । यो सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब पाँच हजार रुपैयाँभन्दा माथिको कुनै पनि खरिदलाई छ देखि १२ महिनासम्मको किस्ताबन्दीकमा रूपान्तरण गर्न सक्नेछन् ।
यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र पस स्लिप १० दिनभित्र एनएमबी एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्छन् । न्युनतम शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधा सहित, ‘इन्स्टा बाइ’मार्फत स्वास्थ्य परिक्षण, यात्रा, जीवनशैली वा चाडपर्वलगायतमा हुने खर्चहरू सहज रूपमा व्यवस्थापन गर्न सकिने छ । एनएमबी बैंकले देशभरका दुई सय दुई वटा शाखा, एक सय ८४ वटा एटीएम र नौ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रवाह गरिरहेको छ ।