काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः पोषक राज पौडेल नियुक्त भएका छन् । सीईओ पौडेललाई सञ्चालक समितिको बैठकले पुनः प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुने गरी आगामी चार वर्षे कार्यकालका लागि पौडेललाई पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।