काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २६ करोड ९० लाख दुई हजार आठ सय रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २३ करोड ७४ लाख ८७ हजार सात सय ७७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब २१ करोड ५३ लाख ४५ हजार आठ सय ६८ रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा ४० अर्ब ९१ करोड २१ लाख ३८ हजार आठ सय ५१ रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ४५ करोड ८२ लाख ३१ हजार तीन सय रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७५ करोड ५१ लाख १७ हजार नौ सय ८४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३९ अर्ब ४२ करोड ८७ लाख ७६ हजार चार सय ८८ रुपैयाँ निक्षेपं संकलन गरी ३९ अर्ब ७८ करोड ५३ लाख ९८ हार ३६ रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६७ करोड ९८ लाख ४७ हजार २९ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।