काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संंस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड ७८ लाख ८० हजार दुई सय ९४ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोड ७४ लाख १० हजार तीन सय ३८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा १६ अर्ब २१ करोड ४३ लाख ७३ हजार तीन सय ६६ रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब २१ करोड ५० लाख ४२ हजार सात सय नौ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५४ करोड १२ लाख तीन सय ३४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा ११ दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १५ अर्ब ८५ करोड ९६ लाख ६४ हजार चार सय ८३ रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६६ करोड ४० लाख ९० हजार एक सय ८४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४० करोड आठ लाख २४ हजार पाँच सय ८५ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १० दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।