काठमाडौं । नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याबबीच सम्झौता भएको छ । नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुर थसिखेलमा रहेको पाटन हेल्थ ल्याब प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजी ल्याबको विविध सेवाको लागि निःशुल्क होम डेलिभरीको सुविधासहित र विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कहरूमा बिल रकमको ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । सो सम्झौता–पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याबका प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गरेका छन् । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले पाटन हेल्थ ल्याब प्रालिबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुनेछन् ।