वीरगञ्ज (पर्सा) । यही मङ्सिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधान प्रति विमति जनाउँदै भन्सार ‘एजेन्ट’ आन्दोलित भएका छन् । भन्सार ‘एजेन्ट’को आन्दोलनले गर्दा मङ्गलबार पेट्रोलियम पदार्थको भन्सार जाँचपासबाहेक सबै काम ठप्प रह्यो ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले भन्सार ऐन, २०८२ बाट सिर्जित समस्या समाधान हुनुपर्नेमा जोड दिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानको प्रयास भइरहेको बताएका छन् । आज बुधबारदेखि जाँचपासको प्रक्रिया नरोकिनेमा आफू आशावादी रहेको ज्ञवालीले बताए ।