काठमाडौैं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन सात दशमलव ३९ अंकले उकालो लागेको नेप्से परिसुचक आज बुधबार पाँच दशमलव शुन्य तीन अंकले ओरालो लागेर २६ सय नौं दशमलव शुन्य ती बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८६ अंकले ओरालो लागेर चार सय ४६ दशमलव १८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २९ वटा कम्पनीहरुको ९१ हजार तीन सय ९४ पटकको कारोबारमा ८६ लाख ४७ हजार नौं सय ४८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ७३ करोड ८७ लाख ७२ हजार तीन सय ७३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेकाछन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।