काठमाडौं, भदौ १८
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार साँझसम्म दिएको जानकारीअनुसार विश्वमा कोरोना भाइरस संक्रमित एक करोड ८२ लाख १७ हजार ९४ व्यक्ति कोरोनामुक्त भएका छन् । यद्यपि विश्वमा दुई करोड ५९ लाख ३५ हजार पाँच सय ११ जना कोरोना भाइरस संक्रमित भएका डब्लुएचओले जनाएको छ । सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरि कोरोना भाइरस संक्रमणबाट आठ लाख ६१ हजार नौ सय जनाको मृत्यु भएको छ ।
हाल विश्वमा ६८ लाख ५६ हजार पाँच सय १७ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरुमध्ये ६१ हजार पाँच सय ३३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दशवटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।
अमेरिकामा ६२ लाख ५८ हजार २८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ३४ लाख ५७ हजार चार सय ३१ जना कोरोना भाइरसमुक्त भएका छन् भने एक लाख ८८ हजार नौ सय सात व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । ब्राजिलमा ३९ लाख ५२ हजार सात सय ९० जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३१ लाख ५९ हजार ९६ कोरोना भाइरसमुक्त भएका छन् भने १ लाख २२ हजार छ सय ८१ जनाको मृत्यु भएको छ । भारतमा ३७ लाख ७३ हजार चार सय ८३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ २९ लाख दुई हजार ९६ कोरोना भाइरसमुक्त भएका छन् भने ६६ हजार चार सय ९१ जनाको मृत्यु भएको छ ।
रुस १० लाख पाँच हजार जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ आठ लाख २१ हजार एक सय ६९ कोरोना भाइरसमुक्त भएका छन् भने १७ हजार चार सय १४ जनाको मृत्यु भएको छ । पेरुमा छ लाख ५७ हजार एक सय २९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख ७१ हजार पाँच सय ९९ जना कोरोना भाइरसमुक्त भएका छन् भने २९ हजार ६८ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा छ लाख २८ हजार दुई सय ५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख ४९ हजार नौ सय ९३ कोरोना भाइरसमुक्त भएका छन् भने १४ हजार दुई सय ६३ जनाको मृत्यु भएको छ । कोलम्बिया छ लाख २४ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख ६९ हजार पाँच सय ५७ कोरोना भाइरसमुक्त भएका छन् भने २० हजार ५२ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा छ लाख छ हजार ३६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख २१ हजार तीन सय ७३ कोरोना भाइरसमुक्त भएका छन् भने ६५ हजार दुई सय ४१ जनाको मृत्यु भएको छ । स्पेनमा चार लाख ७० हजार नौ सय ७३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार एक सय ५२ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना चार लाख २८ हजार दुई सय ३९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ तीन लाख आठ हजार तीन सय ७६ कोरोना भाइरसमुक्त भएका छन् भने आठ हजार नौ सय १९ जनाको मृत्यु भएको छ ।