काठमाडौं । गरिमा विकास बैंकले छ दशमलव ४९ प्रतिशत ब्याजदरमा ‘गरिमा आवास कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकका सबै शाखाबाट उपलब्ध यो योजनामा ग्राहकले धितो मूल्यांकनको अधिकतम ८० प्रतिशतसम्म कर्जा लिन सकिने बैंकले जानकारी दिएको छ ।
बैंकले कर्जा प्रक्रियालाई छिटो र सहज बनाउन आवश्यक कागजात पूरा भएको तीन दिनभित्रै कर्जा स्वीकृत गरिने जनाएको छ । यसले नयाँ घर किन्ने, घर निर्माण गर्ने तथा पुरानो घर मर्मत् वा पुनर्निर्माण गर्न चाहने ग्राहकलाई सुविधाजनक विकल्प प्रदान गर्ने बैंकको भनाइ छ । योजनाको अर्को महत्वपूर्ण विशेषता भनेको अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइरहेका ग्राहकले पनि कर्जा सहज रूपमा गरिमा विकास बैंकमा सार्न सक्ने व्यवस्था हो ।
बैंकले आवास कर्जा क्षेत्रमा प्रतिस्पर्धी ब्याजदर, दीर्घकालीन (३० वर्षसम्म) भुक्तानी अवधि र छरितो सेवा प्रक्रियामार्फत ग्राहकमैत्री कर्जा प्रणाली विकसित गर्ने लक्ष्य राखेको छ ।