काठमाडौं । अनलाइन किनमेल गन्तव्य दराज नेपालले वर्षकै सर्वाधिक ठूलो सपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा ‘१२.१२ ग्रान्ड इयर एन्ड सेल’को घोषणा गरेको छ ।
कम्पनीका अनुसार यो सेल डिसेम्बर ११ (मंसिर २५ गते)को राति ८ बजे लाइभ हुँदै डिसेम्बर १८ (पुस ३ गते) सम्म सञ्चालन हुनेछ । सेलमार्फत ग्राहकहरूले ८० प्रतिशतसम्मको फ्ल्यास सेल, ७० प्रतिशतसम्मको मेगा डिल र छानिएका सामानहरूमा निःशुल्क ढुवानी सुविधाको फाइदा लिन सकिने कम्पनीले जनाएको छ । यस वर्षको १२.१२ सेलमा साझेदार ब्रान्डहरूमार्फत आकर्षक छुटहरू पनि प्रबन्ध मिलाइएको छ । सेलका लागि प्लाटिनम पार्टनर सेताफिलले ४१ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनर ह्रोटो, ब्रान्डहाउस र एईबीबीमार्फत ६० प्रतिशतसम्म छुट र सिल्भर पार्टनर स्ट्रिक्स, नाइक र लोट्टो नेपालका तर्फबाट ५० प्रतिशतसम्मको आकर्षक छुट पनि उपलब्ध हुने जानकारी दिइएको छ ।
कम्पनीका अनुसार यो सेलको प्रमुख आकर्षणका रूपमा क्रेजी फ्ल्यास सेल पनि रहनेछ । क्रेजी फ्ल्यास सेल, डिसेम्बर ११को राति ८ बजेदेखि सुरु गरिनेछ । यसका साथै, सीमित स्टकमा उपलब्ध गरिने फ्ल्यास डिलहरूसँगै, सेल अवधिभर दैनिक फ्ल्यास सेल प्राइस ड्रप अफरहरूबाट पनि लाभ उपभोक्ताहरूले लाभ लिन सक्नेछन् । यस पटक, खल्टी वालेट प्रयोगकर्ताहरूका लागि सेल अवधिभर १० प्रतिशतसम्मको छुटलगायत अफरहरूको पनि व्यवस्था गरिएको छ । दराजले यस पटक आफ्ना ग्राहकहरूका लागि आकर्षक उपहारहरू जित्ने सुनौलो अवसर पनि प्रदान गर्ने भएको छ । ‘एड टू कार्ट एन्ड विन र बाई एन्ड विन’ फिचरमार्फत सात जना भाग्यशाली ग्राहकले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।
एड टू कार्ट एन्ड विनअन्तर्गत १० हजार रुपैयाँभन्दा बढीका सामान कार्टमा राख्दा एक भाग्यशाली ग्राहकले अलेवा स्टील स्मार्टवाच, ड्रिपपड्स इयरबड्स, र गिज्मो पावर बैंक (कुल मूल्य १२ हजार ९९९ रुपैयाँ पर्ने) लगायत उपहारहरू जित्ने सुनौलो अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । बाई एन्ड विनअन्तर्गत कुनै पनि पेमेन्टका माध्यमबाट पाँच हजार रुपैयाँभन्दा बढीको अर्डर गर्ने ग्राहकहरूले विभिन्न उपहारहरूका लागि ‘लक्की ड्र’मा सहभागिता जनाउन सक्नेछन् ।
लक्की ड्रमार्फत एक÷एक जनाले १६ हजार तीन सय पर्ने हावेल्स बन्डल र १४ हजार नौ सय रुपैयाँ पर्ने लोट्टो इनर्जेक्स ह्वाइट नेभी रनिङ सुज पाउनेछन् भने दुई÷दुई जनाले दुई हजार चार सय ९९ रुपैयाँ पर्ने रेडमी बड्स फाइभ ए र ४ हजार चार सय ९९ रुपैयाँ पर्ने सीयाओमी क्यामेरा सी२०० पाउनेछन् । कम्पनीका अनुसार ब्राउज गर्दा होस् वा किनमेल, ग्राहकहरूले दराज १२.१२ ग्रान्ड इयर एन्ड सेलमार्फत बृहत् बचत तथा ठूला आकर्षक अफरहरू दुवै प्राप्त गर्न सक्नेछन् । साथै कम्पनीले बेस्ट प्राइस ट्याग भएका सामग्रीहरूमा विशेष ध्यान दिन आग्रह गरेको छ । यसमा सम्मिलित सामग्रीहरू उपभोक्ताले नेपालभित्र कुनै पनि अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा भेटिएमा, दराजले मूल्यअन्तरको दोब्बर रकम उपभोक्तालाई फिर्ता गर्ने जनाएको छ ।