काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव शुन्य तीन अंकले खुम्चिएको शेयर बजार साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि एक दशमलव ६६ अंकले ओरालो लागेर २६ सय सात दशमलव ३७ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ११ अंकले उकालो लागेर चार सय ४६ दशमलव ३० बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २६ वटा कम्पनीहरुको ६९ हजार सात सय २९ पटकको कारोबारमा ७७ लाख ६८ हजार छ सय एक कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ४९ करोड ७९ लाख ७९ हजार सात सय ५६ रुपैैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक खुम्चिएका छन् ।